सप्तरीको तिरहुत गाउँपालिका-१ मा करेन्ट लागेर आज एक व्यक्तिको ज्यान गएको छ।
स्थानीय क्रिकोल गाउँका भूपेन्द्र बिराजी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए।
काफ्लेका अनुसार ४० वर्षका यादवलाई आफ्नै घरमा पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेको थियो। उपचारका लागि भारदहस्थित भारदह अस्पतालमा पठाइएको भए पनि उपचारको क्रममा उनकाे मृत्यु भएको प्रहरीको भनाइ छ।
प्रकाशित: २८ श्रावण २०८२ १२:५६ बुधबार





