२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु

दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

पिकअप भ्यानको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २६ वर्षीय केदार केसीको मृत्यु भएको हो।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु १ ज ६२५८ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको केसी सवार रा २ प ११५६ नम्बरको मोटरसाइकललाई घोराही–तुलसीपुर खण्डअन्तगर्त घोराही उपमहानगरपालिका–१० नारायणपुरको पशुपति बोर्डिङ स्कुल नजिकै शुक्रबार ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारको क्रममा आज (शनिबार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठक्कर दिने पिकअप भ्यानका चालकसहित सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

उनका अनुसार मृतको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।

प्रकाशित: १३ मंसिर २०८२ १८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App