३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

यहाँको स्वामीकार्तिक खापर गाउँपालिका–२ मा स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।

स्थानीय ४५ वर्षीय धनबहादुर महतरा र उनका छोरा १८ वर्षीय हेमराजको कुटाइबाट स्थानीय ३५ वर्षीय सर्वाश बुढाको मृत्यु भएको अस्थायी प्रहरी चौकी मुक्तिकोटका प्रहरी सहायक निरीक्षक रवीन्द्र धामीले जानकारी दिए।

उनका अनुसार महतरा र बुढाबीच पुरानै विवाद थियो। सोमबार साँझ ६ः०० बजेतिर झगडा सुरु भएको र झगडामा कुटाकुट हुँदा महतराका बाबुछोराले ढुङ्गाले टाउकोमा हान्दा बुढाको घटनास्थलमै मृत्यु भएको हो।

बेलुकी ६ः३० बजे बुढालाई ढुङ्गाले हानेर मृत्यु भएको र घटना घटेको एक घण्टापछि अर्थात् ७ः३० बजे अस्थायी प्रहरी चौकी मुक्तिकोटमा जानकारी प्राप्त भएको प्रहरी सहायक निरीक्षक धामीले बताए।

खबरपछि प्रहरी सहायक निरीक्षकको टोली पुगेर पीडक धनबहादुर महतरालाई नियन्त्रणमा लिएको र उनका छोरा हेमराज भने फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइहरको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ३ चैत्र २०८२ ०८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App