२९ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

खोटाङमा चट्याङ लागेर एकको मृत्यु

खोटाङमा चट्याङ लागेर एक व्यक्तिको ज्यान गएको छ। मंगलबार दिउँसो वर्षासँगै परेको चट्याङले साकेला गाउँपालिका–२, रतन्छा मुल्खर्कका ६७ वर्षीय धिराज राईको मृत्यु भएको वडाध्यक्ष जितेन्द्र राईले जानकारी दिए।

दिउँसो करिब २ बजे आएको वर्षा र हावाहुरीसँगै खसेको चट्याङले घरमै बसिरहेका राईलाई प्रहार गरेको थियो। चट्याङ लाग्दा मृतककी श्रीमती केही बेर अचेत भएकी उपाध्यक्ष बिर्सिका राईले बताइन्। चट्याङका कारण घरको विद्युत् आपूर्ति प्रणाली समेत क्षतिग्रस्त भएको छ।

मृतक राईका दुई छोरा रहेको बताइएको छ।

प्रकाशित: १४ आश्विन २०८२ २१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App