१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

चितवनमा पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

सांकेतिक तस्बिर

पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।  

आज नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग २० प ८५५९ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००१ प १६८४ नम्बरको पर्यटक बसले ठक्कर दिँदा स्कुटर चाकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोरखा साविक छोप्राक गाउँ विकास समिति वडा नम्बर २ बस्ने ४० वर्षीय दामोदर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो । घिमिरेको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

 

प्रकाशित: ३० आश्विन २०८२ २१:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App