४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

दैलेखमा जंगली बँदेलको आक्रमणबाट एकजना घाइते

फाइल तस्बिर

दैलेख जिल्लाको आठबिस नगरपालिका–८ स्थित उकाली मोडमा जंगली बँदेलको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।

स्थानीय ३० वर्षका दिपेन्द्र बडुबाल घरबाट तिलेपाटा जाने क्रममा आज बिहान १० बजेपछि बाटोमा एक्कासी जंगली बँदेलले आक्रमण गर्दा उनी घाइते भएको बताइएको छ। आक्रमणबाट बडुबालको हात, खुट्टा र छातीमा चोट लागेको छ।

घाइते बडुबालको हाल स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने पहल भइरहेको दैलेख प्रहरीले जानकारी दिएको छ। दुई हप्ताअघि पनि भैरवी गाउँपालिकामा बँदेलमा स्थानीयहरूलाई आक्रमण गरेको थियो। जसमा एक जनाको मृत्यु भएको थियो भने दुई जना गम्भीर घाइते भइ उपचारार्थ छन्।

पछिल्लो समय दैलेखमा बँदेलको बिगबिगी हुँदा स्थानीयले लगाएको खेती मास्नेदेखि भौतिक आक्रमण गर्दा घरबाहिर हिँड्दा डर मान्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ।

प्रकाशित: २० माघ २०८२ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App