आगामी प्रतिनिधिसभा निर्वाचनको मुखैमा रुपन्देही क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवार बनेका श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
उनले नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेको घोषणा गरेका हुन्।
यादवले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र निकासका लागि नेकपा (एमाले) नै सबैभन्दा सक्षम तथा प्रमुख शक्ति बन्न सक्ने निष्कर्षमा पुगेको तर्क गरेका छन्।

प्रकाशित: ४ फाल्गुन २०८२ ११:३१ सोमबार





