३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

भारतसँगको खेल हारेपछि हाम्रा खेलाडीहरु दुखित छन्ः पाकिस्तानी प्रशिक्षक माइक

टी– २० विश्वकपमा भारतसँग ६१ रनको फराकिलो हार व्योहोरेपछि पाकिस्तानीका खेलाडीहरु दुखित भएको पाकिस्तान टोलीका मुख्य प्रशिक्षक माइक हेसनले बताएका छन्।  

आईतबार बेलुका श्रीलांको आर.प्रेमादासा स्टेडियममा भएको खेलमा भारतसँगको फराकिलो पराजयसँगै  पाकिस्तानी टोलीको आलोचना भइरहेको छ। ‘हामीलाई थाहा छ यो एउटा ठूलो प्रतियोगिता हो, पाकिस्तानविरुद्ध भारतको खेल जारी विश्वकपमा हामीले जित हासिल गरिरहेका थियौँ त्यसले गर्दा हामी आत्मविश्वासी थियौं, तर हामी फेरि भारतसँग पराजित भएौँ’  प्रशिक्षक हेसनले भने।

समूह ‘ए’ मा भारत र पाकिस्तान अपराजित रहँदै एकअर्कासँग प्रतिस्पर्धा गरेका थिए, तर भारतले पाकिस्तानको अपराजित यात्रालाई ब्रेक लगाइदियो। प्रशिक्षक हेसन भन्छन्, ‘हामीले अब फेरि राम्रो क्रिकेट खेल्नुपर्छ त्यसैले अबको दुई–तीन दिनमा हामी धेरै राम्रो छौं भनेर सुनिश्चित गर्नुपर्छ।हामीले यस विश्वकपको अघिल्लो खेलहरुमा  राम्रो क्रिकेट खेलेका छौं त्यसैले हामी प्रतियोगितामा राम्रो गर्ने कुरामा विश्वस्त छौं।’

आईतबार पाकिस्तानलाई हराएसँगै भारतले विश्वकपको सुपर– ८ मा स्थान बनाएको छ। अब पाकिस्तानले बुधबार नामिबियासँग खेल्दै छ। पाकिस्तानले सो खेलमा नामिबियालाई पराजित गरेमा पाकिस्तानले पनि सुपर– ८ मा स्थान बनाउने छ।

प्रकाशित: ४ फाल्गुन २०८२ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App