२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

रुकुम पूर्वमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

जिल्ला सदरमुकाम रुकुमकोटमा सोमाबर अपराह्न भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मध्यपहाडी लोकमार्गअन्तर्गत कमलदहबाट कैँचीमोडतर्फ जाँदै गरेको भे ८ प ६७९७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, ढुकसेनीका १९ वर्षीय चालक समिर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल रुकुमकोट लगिएकामा चिकित्सकले मृत घोषणा गरेको थिए।

दुर्घटनामा परी सोही ठाउँका १८ वर्षीय सुरेश गिरी र रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७ की १० वर्षीया अनिता डाँगी घाइते भएका छन्।

दुवै जनाको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १८ फाल्गुन २०८२ २०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App