१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

हिमपातले न्यालु सडक बन्द

अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ। नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक  अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन्।  

सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ। सडकमा जमेको हिउँ पन्छाउन चार दिन  लाग्ने उनले बताए।

समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ। हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा अधिक प्रभावित भएका छन्।

प्रकाशित: २४ आश्विन २०८२ ०८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App