४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

चिटिक्क र सफा काठमाडौं सहर देखेर खुसी लाग्यो : पूर्व राजदूत रे

नेपालका लागि भारतका पूर्व राजदूत रन्जित रेले फराकिलो दरबार मार्ग र सफा काठमाडौं सहर देखेर खुसी लागेको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा तस्बिर साझा गर्दै उनले लेखेका छन्, ‘काठमाडौंमा मेरो अन्तिम दिन, फराकिलो फुटपाथसहितको फराकिलो दरबार मार्ग, चिटिक्क र सफा सहर देखेर खुसी लाग्यो। अधिकारीलाई बधाई।’

उनले यसअघि पनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको तारिफ गरेका थिए। 

यो पनि पढ्नुहोस्

बालेन साह सम्भ‍वत: नेपालकै लोकप्रिय राजनेताः पूर्वभारतीय राजदूत रञ्जित रे

नेपालमा अहिले मेयर साह नै लोकप्रिय नेता भएको उनको टिप्पणी थियो। पूर्व राजदूत रेले महानगरले फुटपाथ हटाएर सडक फराकिलो बनाएको कुरालाई लिएर खुसी प्रकट गरेका हुन्।

प्रकाशित: ३० असार २०८२ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App