३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

नेपाली सेनालाई अमेरिकी सेनाबाट एयर एम्बुलेन्स र स्काई ट्रक सहयोग प्राप्त

अमेरिकाले नेपाली सेनालाई दुईवटा एम-२८ स्काई ट्रक (एयर एम्बुलेन्स र स्काई ट्रक १–१) सहयोग गरेको छ ।  

गौचरस्थित मध्य एयर वेशमा आयोजित एक समारोहकाबीच नेपालका लागि अमेरिकाका राजदूत डीनआर थोम्पसनले प्रधानसेनापति अशोकराज सिग्देललाई स्काई ट्रक हस्तान्तरण गरेका हुन् ।  

कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राईको उपस्थिति थियो ।

अमेरिकी सेनाद्वारा प्रदान गरिएका यी स्काई ट्रकहरू सैनिक प्रयोजनसँगै विपद् व्यवस्थापन तथा आपतकालीन उद्धारमा प्रयोग गरिने नेपाली सेनाले जनाएको छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री देउवाले विपद् प्रतिकार्य र मानवीय सहयोगमा नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद दिएकी छन् । सो अवसरमा राजदूत थोम्पसनले हस्तान्तरण गरिएका स्काई ट्रकहरूले नेपाल-अमेरिका सम्बन्धलाई थप प्रगाढ बनाउने उल्लेख गर्दै निकट भविष्यमा थप २ वटा बेल हेलिकोप्टर सहयोग स्वरूप उपलब्ध गराउने बताए ।  

कार्यक्रममा बलाधिकृत, अमेरिकी ‘फरेन मिलिटरी फाइनान्सिङ’का प्रिन्सिपल डेपुटी डाइरेक्टर, रथीवृन्द, परराष्ट्र तथा रक्षा मन्त्रालयका उच्च अधिकारीहरू, अमेरिकी दूतावासका सैनिक सहचारी तथा प्रतिनिधिहरू र सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रकाशित: १९ भाद्र २०८२ १८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App