१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

नेपाल–चीन सिमासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज सेवा सुचारु गरेको छ।

यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइटहरु पुनः सञ्चालनमा आएका छन्।

आज सञ्चालनमा आएका साइटहरुमा रसुवा जिल्लाअन्तर्गत नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइटलगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइटहरु रहेका नेपाल टेलिकमले जनाएको छ।

त्यसैगरी नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइट पनि पुनः सञ्चालनमा आएका छन्।

रसुवा बोर्डर बीटीएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनः सञ्चालनमा आएका प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए।

अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ, आमाछोङदिमो–५ लगायतका स्थानमा मोबाइल सेवा उपलब्ध हुनेछ।

त्यस्तै छापथोके साइटबाट मोबाइल सेवा प्राप्त हुने स्थानहरु बेत्रावती, काउली, त्रिशूली थ्रीबी, उत्तरगया गाउँपालिका र किस्पाङ रहेका उनले बताए।

जिपजिपे साइटबाट सेवा प्राप्त हुने स्थानहरु कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी र देउरालीडाँडा रहेका छन्। 

त्यसैगरी गत्लाङ बीटीएस साइटमार्फत गत्लाङ, गोल्जुङ, चिलिमे, ठुलो भार्खु, शेर्पा गाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिम रहेका छन्।

चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटबाट बिदुर नगरपालिकाको वडा नम्बर १२ र १३ मा मोबाइल सेवा सुचारु भएको छ। 

विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमका प्राविधिकहरु निरन्तर खटिरहेका र कम्पनी सदाझै सेवा सुनिश्चितताको लागि प्रतिवद्ध रहेको नेपाल टेलिकमले जनाएको छ। 

प्रकाशित: १४ भाद्र २०८३ १७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App