१४ भाद्र २०८३ आइतबार
image/svg+xml
अर्थ

रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड सहयोग

रुङ्टा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई  करोड एक लाख सहयोग रकम जम्मा गरेको छ।

बारा, पर्सा लगायत देशको विभिन्न भागहरूमा रहेको पाँचवटा उद्योगहरूबाट त्यो रकम सहयोग गरिएको हो।

वरिष्ठ उद्योगपति तथा समाजसेवी मुरलीधर रुङ्टा रुङ्टा ग्रुपको अध्यक्ष रहेका छन्।

बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई  करोड एक लाख रुपैयाँ सहयोग गरिएको रुङ्टा ग्रुपका सञ्चालक सुरेश कुमार रुङ्टाले बताए।

रुङ्टा ग्रुपअन्तर्गत सञ्चालित  विभिन्न उद्योग तथा प्रतिष्ठानबाट सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको उनले बताए।

ओ सी बी फुड्स एण्ड फिड्स प्रालीबाट ७५ लाख, ओम चाओ बिरो फिड एण्ड इण्ड प्रा लीबाट ५० लाख, र चाओ बिरो पैलेट फिड इण्ड प्रा ली २५ लाख लगायतको उद्योगहरूबाट गरेर सहयोग रकम दुई करोड एक लाख पुगाइएको  उनले बताए।

रसुवाको भोटेकोसी खोलामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठुलो जनधनको क्षति भइरहेका बेलामा त्यसबाट प्रभावित परिवारको  राहत, उद्धार तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको रुङ्टाले बताए।

ग्रुपले उद्योग तथा व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न विपद्, स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।

आवश्यकता र परिस्थितिअनुसार विपद् तथा सामाजिक सेवाका क्षेत्रमा सहयोग र सहकार्य यस ग्रुपले गर्दै आएको छ।

प्रकाशित: १४ भाद्र २०८३ १७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App