नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित भएको छ ।
सङ्घले आज एक विज्ञप्ति जारी गरी पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई समेत मध्यनजर गर्दै पूर्वनिधारित तालिकाअनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले यस सम्बन्धमा निर्वाचन समितिबाट यथाशीघ्र अर्को सूचना जारी गरी निर्वाचन कार्यक्रमसम्बन्धी नयाँ तालिका सार्वजनिक गरिने बताए ।
सङ्घको निर्वाचन काठमाडौं उपत्यका बाहिर माघ २ र ३ गते हुने भनिएको थियो भने काठमाडौंं उपत्यकाभित्र माघ १५, १६ र १७ मा हुने गरी निधारित गरिएको थियो ।
प्रकाशित: २ माघ २०८२ १४:४१ शुक्रबार





