२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

सुनसरी दुहवीमा तीन पुरुषको रहस्यमय मृत्यु

सुनसरी दुहबी वडा नम्बर ४ मा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र बुधबार ठेकेदार र कामदार एकै ठाउँमा मृत अवस्थामा भेटिएका छन् । दुहवीमै उद्योगमा कार्यरत अर्का एक पुरुष पनि कोठामै मृत अवस्थामा भेटिएका छन् ।

दुहवी वडा नम्बर ४ का चन्द्रिका रौनियारको निर्माणधीन घरको सेफ्टी ट्याङ्कीभित्र दुहबी वडा नम्बर २ निवासी ठेकेदार ५० वर्षीय श्यामबहादुर तामाङ र सोही वडाका ३२ वर्षीय मजदुर रमेश राई मृत अवस्थामा भेटिएका हुन् । उनीहरु दुवै जना सेफ्टी ट्याङ्कीभित्र भेटिएको इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक सागर तिम्सिनाले बताए । उनकाअनुसार घटनाको प्रकृति हेर्दा बाहिरी घाउँ चोटपटक भने देखिदैन, यद्यपी पोष्टमार्टम रिपोर्टबाट धेरै क्लियर हुन सक्ने भएकाले गर्दा अहिले केहीभन्न सक्ने अवस्था छैन् ।  

‘ग्राउन्डभन्दा मुनीमात्र घर निर्माण भएको छ, अब सेफ्टी टयाङ्कीभित्र कसरी दुवै जना पसे,’उनले भने, ‘अनुसन्धानबाट मात्र क्लियर हुन्छ ।’ घरबेटी चन्द्रिका रौनियारले भने ठेकेदार श्याम बहादुरसँग सम्पर्क नभएको १५ दिन भएको प्रहरीलाई बयान दिएका छन् । उनी कपडा व्यापारी हुन् । स्थानीय गाउँले भने चन्द्रिका नियमित रुपमा निर्माणधीन घर हेर्न जाने गरेको बताउँछन् । स्थानीयले सेफ्टी ट्ङ्याकी भित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  

यसैगरी, क्वालिटी विस्कुट उद्योग दुहवीमै कार्यरत भारतीय नागरिक ५५ वर्षीय दुर्गा सिंह पनि बुधबार नै सुतेकै स्थानमा मृत फेला परेका छन् । दुहवी वडा नम्बर ५ मा कोठा भाडा लिएर एक्लै बस्दै आएका उनी बुधबार बिहान नउठेपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनायो । 

प्रकाशित: २८ श्रावण २०८२ १८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App