२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

अन टेस्ट अटोको ठक्करले मोटरसाईकल चालकको मृत्यु

कपिलवस्तुको हुलाकी सडकखण्ड अन्तर्गत कृष्णनगर नगरपालिका–११ झिँगहा चोकमा अटो रिक्शा र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  

अनटेस्ट अटो रिक्शाको ठक्करबाट लु ४२ प ४३५० नम्बरको मोटरसाइकल चाकल विजयनगर गाउँपालिका–४ मिझुनिया बस्ने ४० वर्षीय राम कुमार चमारको मृत्यु भएका हो ।  

प्रहरीका अनुसार बहादुरगञ्ज अस्पतालबाट थप उपचारकालागि बुटवल तर्फ लैजादै गर्दा बाटो मै राम कुमारको मृत्यु भएको थियो । घाईते कृष्णनगर नगरपालिका–६ ठूलो बुटहनियाका अटो चालक हविबुल्ला मुसलमानको बहादुरगञ्ज अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।  

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित: १३ मंसिर २०८२ १८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App