१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

मोटरसाइकल मालबाहक ट्रकमा ठोकियो, चालकको मृत्यु

कपिलवस्तुको यशोधरा गाउपालिका ५ सूठौलीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको मालबाहक सवारी साधनमा मोटरसाइकल ठोक्किदा मोटरसाईक चालकको मृत्यु भएको हो ।  

लु २२ प ९४८४ नम्बरको मोटरसाईकल बाटो मै रोकी राखेको युपी ५१ एटी ४४५५ नम्बरको गाडीमा ठोक्किएको थियो । दुर्घटनामा गंभीर घाईते भएका बाणगंगा नगरपालिकाको पिपराका ३० वर्षीय गणेशकुमार गुप्ताको मृत्यु भएको हो ।  

उनको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।  

दुर्घटनामा मोटरसाईकल पछाडी सवार २१ वर्षीय ध्रुवकुमार शाहको कपिवस्तु अस्पतालमा उपचार भईरहेको छ । गाडी र चालक प्रहरी नियन्त्रणमा छ ।

प्रकाशित: २४ आश्विन २०८२ २१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App