हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भई स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम मुख्य रूपमा सफा रहनेछ र कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
प्रकाशित: ११ आश्विन २०८२ ०६:२७ शनिबार





