३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

१२ फर्म अनुगमन : एकमाथि ५१ हजार जरिवाना

नियमित रूपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५१ हजार जरिवाना गरेको छ।

अनुगमनको क्रममा कैफियत फेला परेपछि नागार्जुन नगरपालिका–४ सितापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई रु ५१ हजार जरिवाना गरेको छ।

विभागले काठमाडौं, भक्तपुर, कीर्तिपुर, नागार्जुन, मध्यपुर ठिमीलगायतका स्थानका १२ वटा फर्ममा अनुगमन गरेको थियो। अनुगमनको क्रममा ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ। रासस

प्रकाशित: १४ माघ २०८२ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App