रौतहटस्थित बागमती नदिमा माछा मार्ने क्रममा बेपत्ता भएका युवकको तीन दिनपछि मृत अवस्थामा शव भेटिएको छ।
सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्तीका ४० वर्षीय कामी सिंह स्याङतान चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा बेपता भएका थिए।
चैत ७ गते बिहान करिब साढे १० बजे बेपत्ता भएका स्याङतानको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, नेपालि सेना चन्द्रपुर र सशस्त्र प्रहरी बल सन्तपुरको टोलीले निरन्तर खोजी कार्य गरेका थिए।
गत चैत ८ र ९ गते स्थानीय सुरक्षा निकायको सहयोगमा खोजी कार्य गरेपनी मंगलबार बिहान बागमती नदिमा शव फेला परेको प्रहरीले जनाएको छ।
स्याङतानको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १० चैत्र २०८२ १४:०० मंगलबार





