२९ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

अख्तियार प्रमुखसहित १० जनालाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

आफूलाई ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजीएन) ’ का अध्यक्ष बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख सहित अन्य व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिने एक जना व्यक्ति फिलिपिन्सबाट पक्राउ परेका छन्। 

नेपाल प्रहरीका अनुसार प्रकाश पाठक एनसिबी मनिला, फिलिपिन्सको समन्वयमा पक्राउ परेका हुन्। उनीमाथि सामाजिक सञ्जाल  तथा विद्युतीय माध्यम प्रयोग गरी धम्कीपूर्ण सन्देश प्रवाह गरेको आरोप लागेको छ। 

पक्राउ परेका व्यक्तिलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी भइरहेको छ।

May be an illustration of ticket stub, calendar and poster

प्रकाशित: २९ माघ २०८२ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App