२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

चोरीको स्कुटरमा नम्बर प्लेट ‘चेन्ज’ गरेर चलाउने एक पक्राउ

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नम्बर प्लेट नै परिवर्तन गरेर चलाइरहेको अवस्थामा चोरीको स्कुटरसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

आइतबार काठमाडौंको मित्रनगर क्षेत्रबाट गल्कोपाखा बस्ने ३७ वर्षीय रिकेश खड्गीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

वास्तविक नम्बर प्रदेश ०३-०२-००५ प ३७२८ रहेको स्कुटरमा बागमती प्रदेश ०२-०२१ प ७९२४ नम्बरको नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा खड्गीलाई नियन्त्रणमा लिइएको थियो।

उक्त स्कुटर भक्तपुर निवासी कञ्चन भुजुको भएको खुलेको छ। उनले केही समयअघि काठमाडौंको ठमेलबाट आफ्नो स्कुटर हराएको भनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएकी थिइन्।

पक्राउ परेका खड्गीलाई बरामद गरिएको स्कुटरसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौरमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए।

प्रकाशित: ८ भाद्र २०८२ २०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App