११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

युके पठाउने भन्दै ५२ लाख ठग्ने एकजना पक्राउ

वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक पीडितलाई रोजगारीका लागि युके लैजाने भन्दै ५२ लाख रकम लिई लामो समयसम्म झुक्याई सम्पर्कविहीन भएका उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो।

पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए। रोजगारीका लागि विदेश पठाउने नाममा ठगी गर्ने क्रम बढेकाले त्यसतर्फ सचेत रहन प्रहरीले सबैमा आग्रह गरेको छ।

प्रकाशित: २ पुस २०८२ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App