१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

लागूऔषधसहित विभिन्न जिल्लाबाट २३ जना पक्राउ

नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित २३ जनालाई नियन्त्रणमा लिएको छ।

नवलपरासी पश्चिम, बाँके, कैलाली, कञ्चनपुर, सुनसरी, मोरङ, बारा र मकवानपुरका विभिन्न स्थानबाट ठूलो परिमाणको गाँजा, खैरो हेरोइन, सवारीसाधन र नगदसहित उनीहरू नियन्त्रणमा परेका हुन्।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय अनिल राना र २२ वर्षीय हरि राम राना रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सु-प-प्र-०१-००९ प ९८०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बलराम टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम सहित बेलौरी नगरपालिका-९ अण्डैया बस्ने २६ वर्षीय दिनेश डगौरालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी झिलमिला समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ जुरेथुम डाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१७ दाबीले बस्ने ३३ वर्षीय विधान भुजेल र २५ वर्षीय सरोज मिश्र रहेका छन्। अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ छटिमाई टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय रोशन साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ।

मोरङ, रतुवामाई नगरपालिका-५ कसेनि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९५ मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ गोविन्दपुर बस्ने २० वर्षीय मो। साकिम र २० वर्षीय मो. साहिल रहेका छन्। अस्थायी प्रहरी चौकी डाम्राभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै, प्रहरीले उनीहरूले प्रयोग गरेको मे. ९ प ५८५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

नवलपरासी पश्‍चिम, प्रतापपुर गाउँपालिका-८ गंगापुर अडारेटोल बस्ने ६८ वर्षीया चम्पा गुप्ता तेलीलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५७ किलो ६ सय ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बेलाटारी समेतबाट खटिएको प्रहरीले चम्पाको घर तलासी गर्दा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा जस्तो देखिने पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।

सुनसरी, धरान उपमहानगरपालिका-१९ बस्ने ३० वर्षीय मनिष योगीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम २ सय ७० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मनिषको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१२ खनारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय सुमित गुरूङ समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय दिपेन्द्र थापा समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बाँके, नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: १३ आश्विन २०८३ १४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App