१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

महावीरको आग्रह : मलाई 'कवाडी वैज्ञानिक' मन्त्री भन्नु होला

फाइल तस्बिर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउँदै गरेका डा. महावीर पुनले आफूलाई 'कवाडी वैज्ञानिक' मन्त्री भन्न आग्रह गरेका छन्।

उनले आज समाजिक सञ्जालमा लेखेका छन्, 'मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने 'कवाडी वैज्ञानिक मन्त्री भन्नु होला।' त्यस्तै पुनले मन्त्री भएपश्चात् आफूलाई बधाई दिन खादामालाको सट्टा ठोस काम र आईडिया लिएर आउन आग्रह गरेका छन्। 

'कसैले पनि "लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला,' उनले लेखेका छन्, 'बरू शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आईडिया छ भने मेरो ह्वाट्सअप मा पठाउनु होला।'

प्रकाशित: ६ आश्विन २०८२ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App