२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ।

उक्त खोलामा २०७० सालमा कल्भर्ट निर्माण गरिएको भए पनि खोलाले धार परिवर्तन गरेपछि पुलको आवश्यकता अझ खड्किएको छ।

वर्षायाममा स्थानीयलाई औषधिलगायत अत्यावश्यक सामग्री खरिद गर्न वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । घाट जाने बाटोसमेत नहुँदा आफूहरुलाई मर्का परेको उनीहरुको दुखेसो छ।

हेटौँडा उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम केसीका अनुसार उक्त स्थानमा पुल निर्माणको योजना कार्यान्वयनको क्रममा छ । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको छ। 

प्रकाशित: २२ श्रावण २०८३ १०:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App