३० पुस २०८२ बुधबार
image/svg+xml
समाज

स्थानीयले गरे रतुवाकाे उद्धार

जुम्लाको तिला गाउँपालिकाका स्थानीयले वन्यजन्तु रतुवा (मृग) को उद्धार गरेका छन्। स्थानीयहरूले शुक्रबार (आज) ५ बजेर ५० मिनेटको समयमा रतुवाको उद्धार गरेका हुन्।

तिला गाउँपालिका ३ कुडारीमा पर्ने तिला नदीमा बगेर आएकाे मृगलाई स्थानीयले उद्धार गरेका हुन्। स्थानीय मुनप्रसाद भट्टराईले बगेर आएकाे देखेपछि उद्धार गरेका थिए। 

लगत्तै प्रहरी चाैकी कुडारीमा खबर गरेका थिए। प्रहरी सहायक निरीक्षक उत्तम कुमार बाेहाेराकाे नेतृत्वको टाेलीले उद्धार गरि तातोपानी गाउँपालिका सब-डिभिजन वन कार्यालयका अधिकृत रवीन्द्रकुमार अधिकारीलाई सकुशल बुझाएका थिए।

वन कार्यालयका कर्मचारी, प्रहरी प्रतिनिधि, वडा जनप्रतिनिधि र स्थानीय बासिन्दाको रोहबरमा रतुवालाई तिला गाउँपालिका–३ अन्तर्गत पर्ने खड्का पातल सामुदायिक वन क्षेत्रमा छाडिएको हो। उक्त वन क्षेत्र पूर्वमा सुन्दर सामुदायिक वन, पश्चिममा राष्ट्रिय वन, उत्तरमा राँका गाउँ र दक्षिणमा त्रिवेणी गाउँसँग सीमाना जोडिएको छ।

रतुवा उद्धार तथा पुनः स्थापनाको कार्यमा वन अधिकृत रवीन्द्रकुमार अधिकारी, तातोपानी सब-डिभिजन वनका सहायक तेस्रो चन्द्र बहादुर हमाल, प्रहरी प्रतिनिधि उत्तम कुमार बोहरा, राजन कार्की, वडा सदस्य मैद्यनाथ योगी, स्थानीय समाजसेवी सरस्वती पाण्डे र महिला जागरण जुम्लाका संवाददाता तथा पत्रकार निराजन गौतमको उल्लेखनीय सहभागिता रहेको थियो।

सरोकारवालाहरू तथा स्थानीयवासीहरूले रतुवाको सकुशल उद्धार र सुरक्षित स्थानमा पुनः स्थापनामा प्रसन्नता व्यक्त गरेका छन्।

प्रकाशित: ९ श्रावण २०८२ २२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App