२३ आश्विन २०८२ बिहीबार
image/svg+xml १४:४० अपराह्न
समाज

लिचि बगैंचा घुस प्रकरण : बिचौलिया लामा एमालेबाट निलम्बित

नेकपा एमालेले ‘लिचि बगैंचा’ को घुस प्रकरणको अडिओमा बिचौलिया बनेका सुजन लामालाई निलम्बन गरेको छ । गण्डकी प्रदेश कमिटीको दुई दिन लगातार बसेको बैठकले अडियोले पार्टीमा गम्भीर आँच पुर्याएको निष्कर्ष निकाल्दै लामालाई निलम्बन गर्ने निर्णय गरेको हो ।  

सोही प्रकरणमा मुछिएका तत्कालित तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् भने नागरिक उन्मुक्ती पार्टीकी नेता रञ्जिता श्रेष्ठ छानबिनको दायरामा छन् ।  

प्रदेश कमिटीले लामाले दिएको स्पष्टिकरण चित्त नबुझेको भन्दै अनुसन्धान अवधिभरका लागि निलम्बन गरेको जनाएको छ । लामा प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य थिए । उनीसँगै मुद्दा चलेका प्रदेश विभाग सदस्य के गिरी पनि लिम्बनमा परेका छन् । 

प्रकाशित: १८ श्रावण २०८२ १९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App