२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

कर्फ्यू हटेसँगै जनजीवन सामान्य, कार्यालय भोलिदेखि नियमति

जेन-जीको आन्दोलनले शून्यता छाएको देशले शुक्रबार राति नयाँ प्रधानमन्त्री पाएसँगै जनजीवन सामान्य हुँदै गएको छ। सरकार गठन भएपछि जनजीवन सामान्य बन्दै गएको छ । उदयपुरमा शनिबारदेखि कर्फ्यू र निशेधाज्ञा हटाइएको छ।

वातावरण सहज भएसँगै बन्द कार्यालय तथा विद्यालय आइतबारदेखि नियमति सञ्चालनमा आउने भएका छन् । २३ गतेको जेन-जी आन्दोलनले उग्ररुप लिएपछि २४ गते दिउँसोदेखि अनिश्चितकालीन बन्द गरिएका सरकारी कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय तथा शिक्षण संस्था सञ्चालनमा आउने भएका छन् ।  

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले देशले नयाँ सरकार पाएपछि वातावरण सहज बन्दै गएकाले सडकमा परिचालन गरिएको नेपाली सेना शनिबार बिहानदेखि व्यारेक फर्काइएको बताए । उनका अनुसार अब सदाझैँ नेपाल प्रहरीले शान्ति सुरक्षाको जिम्मा लिएको छ र कार्यालयहरुले आईतबारदेखि सेवा सुचारु गर्नेछन् । 

प्रकाशित: २८ भाद्र २०८२ १९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App