२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य

फाइल तस्बिर

जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको छ । निषेधाज्ञा हटाएसँगै जिल्लामा यातायात, बजार—व्यवसाय, स्कुल पूर्ववत् अवस्थामा सञ्चालनमा आएपछि जनजीवन सामान्य बनेको छ ।

जेन-जी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएका सरकारी कतिपय कार्यालयबाट सेवाग्राहीलाई पूर्ववत् अवस्थामा सेवा प्रवाह हुन थालेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रालय र मातहतका कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले प्रदर्शनका क्रममा क्षति भएका मन्त्रालयको आज स्थलगत अनुगमन गरी वस्तुस्थितिबारे जानकारी लिएका छन् । सो अवसरमा उनले जतिसक्दो छिटो मन्त्रालयबाट सेवा सुरु गर्न कर्मचारीलाई निर्देशन दिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जगदीश जोशीले आगजनी र तोडफोडबाट अधिकांश मन्त्रालयको भौतिक अवस्था शून्यमा पुगेको र महत्त्वपूर्ण कागजात नष्ट भएको बताए।

प्रदर्शनका क्रममा जिल्लामा सरकारी र निजी गरी १३७ कार्यालय भवन तथा निजी घरमा आगजनी तथा तोडफोड भएका छन् । कार्यालय परिसरमा राखिएका ६६४ सवारीसाधन जलेर नष्ट भएका छन् ।

प्रकाशित: ३१ भाद्र २०८२ १६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App