१३ श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

लिग-२: नामिबियाविरुद्ध ३० ओभरमा नेपाल ९३/३

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब सुरुवात सच्याउँदै ३० ओभरमा ३ विकेट गुमाएर ९३ रन बनाएको छ।

नेदरल्याण्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सल्करवीर मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले सुरुआती झट्का व्यहोरे पनि मध्यक्रमका ब्याटरले इनिङ्स सम्हालेका छन्।

नेपालले केवल ४० रन जोड्दा शीर्ष तीन विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल खेलको दोस्रो बलमै व्यक्तिगत २ रनमा आउट भए भने अर्का ब्याटर इसान पाण्डे ८ रनमा आउट भए।

सेट भइसकेका आसिफ शेख १६ रनमा क्याच आउट भएपछि नेपाल दबाबमा परेको थियो।

तर, चौथो विकेटका लागि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित ५३ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका छन्। ३० ओभरको समाप्तिमा कप्तान रोहित २९ रन र दीपेन्द्र ३० रन बनाएर खेलिरहेका छन्।

बलिङतर्फ नामिबियाका जेजे स्मिटले कसिलो बलिङ गर्दै ७ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिएका छन् भने ज्याक ब्रासेलले १ विकेट हात पारेका छन्।

यसअघि नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ५ श्रावण २०८३ १६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App