जेन-जी अभियन्ता तनुजा पाण्डेले नेपालको भू-राजनीतिक संवेदनशीलतालाई बुझेर राष्ट्रिय हितलाई केन्द्रमा राख्ने नेतृत्व देशलाई आवश्यक रहेको बताएकी छन्।
विदेशी चासो र अन्तर्राष्ट्रिय सम्बन्धलाई व्यक्तिगत स्वार्थ वा सस्तो लोकप्रियताका लागि प्रयोग गर्न नहुनेमा उनले जोड दिएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अभियन्ता पाण्डेले बदलिँदो विश्व व्यवस्था अत्यन्त संवेदनशील मोडमा पुगेको उल्लेख गरेकी छन्। यस्तो जटिल अवस्थामा जिम्मेवार र परिपक्व नेतृत्वले मात्र राष्ट्रको विश्वास र भविष्य दुवै सुरक्षित गर्न सक्ने उनको भनाइ छ।
नेपाल रणनीतिक तथा भू-राजनीतिक रूपमा अत्यन्त संवेदनशील स्थानमा रहेको स्मरण गराउँदै उनले अन्तर्राष्ट्रिय सम्बन्धको नाजुकता बुझ्ने नेतृत्व देशलाई चाहिएको बताइन्।
स्थापित अन्तर्राष्ट्रिय सम्बन्धविरुद्ध जनभावना उकास्ने र कूटनीतिमा खेलबाड गर्ने प्रवृत्तिबाट नेतृत्व टाढा रहनुपर्ने उनको तर्क छ।
प्रकाशित: १७ फाल्गुन २०८२ १६:५३ आइतबार





