२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

न्युजिल्याण्डलाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि

न्युजिल्याण्डलाई हराउँदै भारतले तेस्रो पटक टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ। योसँगै भारत लगातार दुई पटक टी-२० विश्वकप जित्ने टिम बनेको छ। टी-२० विश्वकपको उपाधि आयोजक टिमले जितेको यो पहिलो पटक हो।

भारत, अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा न्युजिल्याण्डले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको भारतले टी-२० विश्वकपको फाइनलमा २५५ रन बनाएको थियो।

भारतका लागि सञ्जु सामसनले सर्वाधिक ८९ रन बनाएका छन्। त्यस्तै अभिषेक शर्माले ५२ र इशान किशनले ५४ रन बनाएका छन्। शिवम दुबेले ८ बलमा २६ रन जोडेका छन्। न्युजिल्याण्डका जिम्मी निशमले ३ विकेट लिएका छन्।

२५६ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको सुरुवात राम्रो हुन सकेन। सेफर्टको ५२ र कप्तान सान्टनरको ४३ रन बाहेक कुनै पनि ब्याट्सम्यान भारतीय बलरका अगाडि टिक्न सकेनन्। न्युजिल्याण्डको टोली १९ ओभरमा १५९ रनमा अलआउट भएको छ। टी-२० विश्वकप क्रिकेटको फाइनलमा रनको हिसाबले न्युजिल्याण्डले यो सबैभन्दा ठूलो हार बेहोरेको छ।

प्रकाशित: २४ फाल्गुन २०८२ २३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App