२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रकाश शरणलाई हराउँदै रास्वपाका तिमिल्सिना विजयी

बागमती प्रदेशअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमिल्सिना निर्वाचित भएका छन्। ४३ वर्षीय तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गरी जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री ६६ वर्षीय प्रकाश शरण महतले १८ हजार ५९७ मत प्राप्त गरे। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका ६२ वर्षीय हित बहादुर तामाङ १३ हजार ३७७ मतका साथ तेस्रो स्थानमा रहे।

पुराना शक्ति र स्थापित नेताहरूलाई पछि पार्दै नुवाकोटमा पनि रास्वपाले आफ्नो झण्डा गाडेको छ।

प्रकाशित: २४ फाल्गुन २०८२ २२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App