२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

दिवंगत पत्रकार रजककी श्रीमती मगियालाई रोजगारी

दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियाले सुरक्षण मुद्रण कोषमा रोजगारी पाएकी छन्। सरकारले उनलाई सुरक्षण मुद्रण कोषमा नियुक्ति पत्र दिएको हो।  

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्ने गरी कम्प्युटर अधिकृतको नियुक्तिपत्र दिएका छन्।

गत वर्षको चैत १५ गते राजावादीहरूको आन्दोलनका क्रममा रजकको तीनकुनेमा निधन भएको थियो। ८ महिनापछि उनकी श्रीमतीलाई सरकारले रोजगारी उपलब्ध गराएको हो।

प्रकाशित: २ मंसिर २०८२ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App