१५ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

भोटेकोशी बाढीसँगै पहिरोबाट विभिन्न राजमार्ग अवरुद्ध

भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरस्थित त्रिशूली नदीले कटान गर्दा सडक भासिन गई मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रूपमा अवरुद्ध भएको छ।  

त्यसैगरी धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध छ। त्यसैगरी ओखलढुङ्गास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ र ७ लाई जोड्ने सडक पनि अवरुद्ध छ।

त्यसैगरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँशीसहर मनाङ सडक पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: १५ भाद्र २०८३ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App