मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै फेरि पहिरो खसेको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, आज मध्यान्ह १२ बजेदेखि सो स्थानमा पहिरो खसेर सवारी आवागमन दुईतर्फी बन्द भएको हो। अहिले पनि पहिरो झने क्रम जारी रहेकाले सो क्रम रोकिएपछि मात्रै पहिरो हटाउने काम सुचारु हुने कार्यालयले जनाएको छ।
डिभिजनबाट उपकरणहरू तैनाथ अवस्थामा रहेको पनि कार्यालयले जनाएको छ।
यसअघि गत साता पनि यही ठाउँमा खसेको पहिरोका कारण आवागमन बन्द भएको थियो। करिब ४८ घण्टा लगाएर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको थियो।
प्रकाशित: १३ आश्विन २०८२ १२:४४ सोमबार





