त्रिभुवन राजपथको भैंसे-सिमभञ्ज्याङ खण्ड पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
शनिबार बिहानैदेखि भीमफेदी गाउँपालिका-९ लामिडाँडामा ढुंगा र रुख खसेर सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो।
प्रहरीका अनुसार सडक खुलाउने काम भइरहेको छ। तर ठूला ढुंगाका कारण डोजरले मात्र नसकेपछि ब्रेकर प्रयोग गर्ने तयारी हुँदैछ।
प्रकाशित: ३१ श्रावण २०८२ ०९:१२ शनिबार





