२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए। पहिरोका कारण उक्त खण्डमा यातायात सञ्चालन ठप्प भएको छ।

कालाखोला छेत्रमा यसअघि समेत ठूलो पहिरो खसेको थियो। ठूलो पहिरोका कारण खुलाउन समस्या भइरहेको छ। कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले वर्षा रोकिएपछि सडक खुलाउन प्रयास गर्ने प्रहरीको भनाइ छ। रासस 

प्रकाशित: १४ भाद्र २०८२ ०९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App