२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

अतिक्रमित संरचना भत्काउन ललितपुर महानगरले पनि चलायो डोजर

ललितपुर महानगरपालिकाले लगनखेलमा सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरिएको संरचना भत्काएको छ ।  

तीन डोजर र नगर प्रहरी परिचालन गरी अतिक्रमित संरचना भत्काइएको हो । महानगरले वडा नं. ५ लगनखेलमा रहेको नेपाल सरकारको नाममा श्रेस्ता कायम रहेको कि नं. १०५ को १७ रोपनी क्षेत्रफलको फिल्ड बुकमा पोखरी जनिएको (परापूर्वकालदेखि लामो इतिहास बोकेको) ऐतिहासिक न्हः पोखरीको जग्गामा अतिक्रमण गरि निर्माण गरिएको संरचना भत्काएको हो ।  

नगरपालिकाले ३५ दिने सूचना टांस गरेर दिइएको समयसीमा नाघेपछि आइतबार संरचनाहरू भत्काएको हो । 

प्रकाशित: २२ भाद्र २०८२ १६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App