काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शनिबार थापाथलीसँगै गैरीगाउँ सिनामंगल क्षेत्रका घरटहरा पनि हटाइने जानकारी दिएका छन्।
उनले भने, ‘समयले भ्याएसम्म आजै मनोहरा क्षेत्रमा पनि त्यस्ता बस्ती हटाउन सुरु गरिनेछ।’
उनका अनुसार थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन्। हालसम्म ४० प्रतिशत टहरा हटाइएको उनले जानकारी दिए।
यसैबिच, मनोहरा क्षेत्रका सुकुम्बासी पनि आफैँ घरटहरा छाडेर जान थालेका छन्। सुरक्षाकर्मीले उनीहरूलाई आफ्ना सामग्री सुरक्षित स्थानमा लैजान अनुरोध गरिरहेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार र आइतबारभित्र काठमाडौं उपत्यकाका नदी किनारमा अवैध ढंगले बनाइएका सबै घरटहरा हटाउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार महानगर र प्रशासनले सक्रियता बढाएका हुन्।
प्रकाशित: १२ वैशाख २०८३ १३:३९ शनिबार




-600x400.jpg)