७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

काठमाडौंको कमाण्ड एसएसपी थापाको काँधमा

प्रहरी प्रधानकार्यालयले महानगरीय प्रहरी परिसरका एसएसपी रमेश थापालाई पठाएको छ । परिसर प्रमुख रहेका एसएसपी विश्व अधिकारीको स्थानमा थापालाई पठाएको हो । उनको आज साँझ सरुवा भएको हो ।  

भदौ २३ को घट्नापछि अधिकारीलाई हटाएर थापालाई पठाइएको हो । अधिकारी गत माघमा काठमाडौ परिसरमा आएका थिए । उनी आएपछि चैत १५ गते राजावादीहरुको आन्दोलन भएको थियो । उनको सुरक्षा व्यवस्थापन फितलो भएका कारण त्यो आन्दोलन हिंसात्मक भएको भन्दै आलोचना भएको थियो ।  

भदौ २३ पनि उनी आफैँ फिल्डमा खटेर युवाहरुमाथि गोली प्रहार गर्ने आदेश दिएको भन्दै आलोचना भएको छ । नयाँ सरकार आउन वित्तिकै अधिकारीको स्थानमा थापालाई पठाइएको छ ।  

चुनौतीका बीच परिसरको कमाण्ड गर्न आएका थापा एसपी हुँदा कास्की र उदयपुरमा सफल कार्यकाल पूरा गरेका थिए । भग्नावशेषलाई उठाउने र प्रहरीको मनोबललाई उच्च राखेर काठमाडौको शान्ति सुरक्षा कामय राख्ने जिम्मेवारी एसएसपी थापाको काँधमा आएको छ ।

प्रकाशित: २ आश्विन २०८२ १९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App