११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

सङ्घसंस्थामा अनियमितता बढेको गुनासोपछि काठमाडौं प्रशासनले थाल्यो छानबिन

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएका सङ्घसंस्थाका पदाधिकारीहरूले आर्थिक तथा प्रशासनिक अनियमितता गरेको गुनासो बढेपछि छानबिन थालिएको छ।  

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता खिमराज भूसालले अनियमितताको गुनासो बढेपछि छानबिन थालिएको बताए। उनका अनुसार हाल काठमाडौंमा दर्ता भएका केही सङ्घसंस्थामा विधान विपरीतका गतिविधि हुने गरेको, कार्यसमितिले मनोमानी ढङ्गबाट कार्य गरेको, आर्थिक अनियमितता हुने गरेकोलगायत विषयमा पटकपटक गुनासा आएका छन्। ती गुनासा तथा उजुरी सम्बोधन गर्न समिति बनाएरै छानबिन थालिएको छ।

प्रवक्ता भूसालले गुनासा सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको र समितिले काम थालिसकेको जानकारी दिए।

प्रकाशित: १४ मंसिर २०८२ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App