मंगलबार बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालीकोटको शुभकालिका–१ गगने खोलामा पुनः झरेको पहिरो दुईवटा मेसिन प्रयोग गरेर हटाइएपछि बाटो खुलाइएको हो । गगने खोला पारीपट्टीको डाँडा पूरै खसेको थियो ।
पहिरो पन्छाउन स्काभेटर र जेसीभी गरी दुईवटा मेसिन लगाएर काम गरिएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए । गगने खोलामा वर्षा हुनेबित्तिकै लेदो र ढुंगासहित झर्ने पहिरोले यात्रुलाई सास्ती दिने गरेको छ ।
प्रकाशित: १ आश्विन २०८२ १२:४४ बुधबार




