गएराति देखि पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालयले पहिरो हटाएपछि सडक सुचारु भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए।
उनका अनुसार कर्णाली राजमार्गको गगने खोलामाको अवरोध हटाएर गाडी गन्तव्यतर्फ जान थालेका छन्।
प्रकाशित: १८ भाद्र २०८२ ११:४३ बुधबार





