६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

कपिलवस्तु : तीन स्थानमा शंकास्पद बस्तु फेला, सुरक्षा सतर्कता बढाइयो

कपिलवस्तुका छुट्टाछुट्टै तीन स्थानमा ३ वटा शंकास्पद बस्तु फेला परेका छन्। मंगलबार बिहान महाराजगञ्ज नगरपालिकाको बर्गदीघाट पुल, पूर्वपश्चिम राजमार्ग अन्तर्गत ड्राईनाला नजिक तथा शिवराज नगरपालिकाको बनकसबासा क्षेत्रमा शंकास्पद बस्तु फेला परेका हुन्।

प्रहरी उपरीक्षक रिपेन्द्र कुमार सिंहले जिल्लाका तीन छुट्टाछुट्टै स्थानमा शंकास्पद बस्तु फेला परेको बताए। हुलाकी राजमार्ग अन्तर्गत बर्गदी पुल नजिकै एक सानो टिनको बट्टा फेला परेको छ। 

यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत ड्राईनाला नजिकै एक थान हुक्स बम फेला परेको छ। दुवै स्थानमा फेला परेका शंकास्पद बस्तुहरू भित्र नेपाल सेनाको डिस्पोजल टोलीले सिसा लगायतका बस्तुहरू फेला पारेको प्रहरी उपरीक्षक सिंहले बताए।

बनकसबासा नजिकै पनि तारले प्याक गरिएको पहेंलो रंगको शंकास्पद बस्तु फेला परेको छ। त्यहाँ नेपाली सेनाको टोली पुगिसकेको छ।

निर्वाचन नजिकिएसँगै शंकास्पद बस्तुहरू फेला परेपछि कपिलवस्तुमा सुरक्षा चुनौती समेत बढेका छन्। सुरक्षा निकायले घटनास्थलमा आवश्यक सुरक्षा व्यवस्था कडा पारेको छ। सर्वसाधारणलाई अफवाहमा नलाग्न र शंकास्पद गतिविधि देखिए तुरुन्त सुरक्षा निकायलाई जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।

नेकपा बहुमत धर्मेन्द्र बास्तोला समूहले मंगलबार नेपाल बन्दको आव्हान गरेको छ। सोही पार्टीले नै यो कार्य गरेको हुन सक्ने बताइएको छ।

प्रकाशित: ५ फाल्गुन २०८२ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App