८ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुमा जेन-जी स्तम्भ निर्माण गरिने

जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेको युवाहरुको सम्झनामा कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा जेन-जी स्तम्भ निर्माण गरिने भएको छ ।  

चन्द्रौटाको रेडियो समानताको अगाडी जेन-जीमा सहदत प्राप्त गर्दा भेटिएको जुत्तासहितको स्तम्भ निर्माण गरिने भएको हो ।  

शिवराज नगरपालिकाका मेयर अजय थापा क्षेत्रीले जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेको युवालाई जीवन्त राख्न स्तम्भ निर्माण गरिने बताए ।  

‘जिन-जीले चाहेमा जे पनि गर्न सक्छन, उनीहरुको आशा र भरोसको प्रतिक स्वरुप जेन-जी स्तम्भ निर्माण गर्न लागेका हौ ’ उनले भने । स्तम्भमा जेन-जी आन्दोलनमा सहादत प्राप्त गर्नेहरुको नाम र ठेगाना समेत राखिने उनले बताए । 

प्रकाशित: २९ भाद्र २०८२ १७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App