१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

ट्रक पल्टिएर कान्ति लोकपथ सडक अवरुद्ध

मकवानपुरको बकैया गाउँपालिका ११ लेनडाँडास्थित कान्ति लोकपथ सडक खण्डमा आज बिहान ट्रक दुर्घटना हुँदा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

बिहान अन्दाजी ४ः४५ बजे बकैया गाउँपालिका ११ लेनडाँडा  जितपुरभज्याङबाट करिब ४ किलोमिटर पूर्वमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा बाराबाट परालको भुस लोड गरी काठमाडौंतर्फ आउँदै गरेको मधेस प्रदेश ०३ ००२ ख १३६५ नम्बरको मिनी ट्रक खाल्डामा चिप्लिएर अनियन्त्रित भई सडकको बीचमै पल्टिएपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।

दुर्घटनामा मानवीय क्षति भने नभए प्रहरीले जनाएको छ। ट्रक चालक, बारा कोल्बी नगरपालिका ४ का २४ वर्षका समिर तामाङ प्रहरीको सम्पर्कमा छन्।

दुर्घटनापछि इलाका प्रहरी पोष्ट जितपुरभज्याङबाट प्रहरी सहायक हवल्दार सुरेन्द्र दरैको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनाग्रस्त सवारी साधनलाई सडकबाट हटाउनका लागि क्रेनसँग समन्वय भइरहेको र छिट्टै बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।   

प्रकाशित: २१ कार्तिक २०८२ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App