झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
सङ्खुवासभा चैनपुर नगरपालिका–२ घर भएर हाल हल्दिबारी–४ ऐनाबारीमा बस्ने ३१ वर्षीय रामकुमार अधिकारीको नजिकैको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले हल्दिबारी–४ स्थित मैनाली हाते कागज खरिद–बिक्री केन्द्रमा काम गर्ने अधिकारीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको बताए।
यसैगरी जिल्लाको मेचीनगर नगरपालिका–७ स्थित पालिया खोलामा एक महिलाको शव फेला परेको छ।
आज बिहान खोलामा घोप्टो परेको अवस्थामा करिब ५०–५५ वर्षीया महिलाको शव फेला परेको र हालसम्म मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: २५ श्रावण २०८२ २२:२६ आइतबार





